Comments Add Comment

Advertisment

SKIP THIS

कुख्यात बिकिनी किलर शोभराजलाई आजै फ्रान्स पठाइने

८ पुष , काठमाडौं । कुख्यात बिकिनी किलर चार्ल्स शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने भएको छ । कागजी प्रक्रिया पूरा गरी उनलाई आजै फ्रान्स पठाइने भएको हो ।

आज केन्द्रीय कारागारबाट रिहा भएका उनी अहिले अध्यागमन विभागमा छन् । शोभराजका वकिल गोपाल शिवाकोटीले आफू अहिले चार्ल्ससँगै रहेको भन्दै ट्राभल डकुमेन्ट मिले आजै उनलाई फ्रान्स पठाउने तयारी भइरहेको जानकारी दिए । उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जाने बताइएको छ ।

राति १२ बजेसम्म भएपनि कागजी पक्रिया मिलाएर स्वदेश पठाउने अध्यागमन विभागको तयारी छ । यदि, कागजी प्रक्रिया आज नमिले उनलाई डिल्लीबजार कारागार पठाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै