Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

२९ मंसिर काठमाडौ । ललितपुर महानगरपालिका– २६ सुनाकोठी चिवहालमा ना ७ त ५०२ नम्बरको ट्याक्टर र प्रदेश नम्बर ३–०२–००७ प ४३९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने १७ वर्षीय रोहन पुजारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–१२ बस्ने १८ वर्षीय अनिल दर्जीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै