१५ मंसिर , काठमाडौं । बाराको कोहल्बी नगरपालिका-११ रामकुरुवामा एक युवकको ह’त्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार गाडेको अवस्थामा फेला परेको थियो ।गाँउका स्थानीयबासीले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
हराइरहेका चौधरी आफ्नै गोठ र पोखरिको बिच खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको थियो ।शव उत्खनन् गरेर हेर्दा टाउकोमा धा’रिलो ह’तियार प्र’हार गरी ह’त्या गरेको देखिएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन ।
प्रहरीले ह’त्यामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको र घ’टनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी बोगटीले बताए । शवलाई पोस्टमार्टम गर्न कलैया स्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।


