Comments Add Comment

Advertisment

SKIP THIS

थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

१२ असार ,काठमाडौ । काठमाडौँको थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ  भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा स्थायी घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्का रहेका छन् भने मोटरसाइकलमा सवार अर्का रामेछाप स्थायी घर भएका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

शुक्रबार राति ११ स् २० बजे माइतीघरबाट थापाथली जाँदै गरेको बागमती प्रदेश-०२-०२६ प ११८१ नम्बरको मोटरसाइकल र थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ ट्रक ठोक्किँदा दुर्घटना भएको महानगरीय ट्राफिक महाशाखाका डिएसपी सुनील साहले न्युज२४ग्यालेक्सीलाई बताए ।

प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

टिपरको ठक्करबाट महिलाको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु