१० बैशाख , काठमाडौं । सिन्धुली प्रहरीले करिब १ करोड बराबरको अवैध गोलिया काठ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्याकय सिन्धुलीमा प्राप्त विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षको कमाण्डमा खटिएको टोलिले हरिहरपुरगढी गाउँपालिका-१ बागमती खोला किनारमा चोरी निकासी हुन लागेको गोलिया काठ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्याकय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विमलराज कँडेलका अनुसार साल जातको १ सय ८० थान १५४५.५३ क्यु फिट र अन्य जातको गोलिया ७१ थान ७५१.९१ क्यु फिट गरी जम्मा २२९७.४४ क्यु फिट काठ बरामद गरीएको छ ।
बरामद गरिएको काठ आवश्यक कारवाहीको लागी आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय मरिण कपिलाकोटमा बुझाईएको एसपी कँडेलले बताए ।


