Comments Add Comment

Advertisment

SKIP THIS

वडाध्यक्षले बाँड्न लागेका ११० थान साडी प्रहरीद्वारा बरामद

११ बैशाख , काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको एक वडाले निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको ११० थान साडी प्रहरीले बरामद गरेको छ।

वडा नम्बर ८ को कार्यलयबाट ११० थान साडी प्रहरीले बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको छ।

‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।

तर त्यसको चौतर्फी आलोचना भएपछि र निर्वाचन आयोग समेतले निर्देशन दिएपछि सो कार्यक्रम रोकिएको थियो।

त्यसबारे दिउँसो करिब २ बजे निर्वाचन अधिकृतलाई सो सूचना दिइएको थियो।

त्यसआधारमा खटिएको प्रहरीले वडा कार्यालयको भवनबाट एक सय १० थान साडी बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरी वृत्त थानकोटले थप अनुसन्धान अघि बढाएको छ।

वडा सदस्य सविना राउतका अनुसार प्रत्येक साडी एक हजार २५० रुपैयाँका दरले किनिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै