१३ वैशाख , काठमाडौ । स्थानीय निर्वाचन नजिकिए संगै काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा चुनावी सरगर्मी ह्वात्तै बढ्न थालेको छ । यतिबेला विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता गाउँतिर केन्द्रित हुन थालेका छन् ।
यस्तै तारकेश्वर नगरपालिकामा विभिन्न राजनैतिक पार्टीबाट मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरुले उमेद्वारी दर्ता गराइसकेका छन्।
नेपाली कांग्रेसका वडा नं: ३ बाट मनोनयन भएकाहरु :
अद्क्ष्य – परशुराम अर्याल ,सदस्य -राजु लामिछाने ,सदस्य -नबिन फुयाल,सदस्य – सुनिता फुयाल, सदस्य -आशिका दमाई ।
यसै क्रममा तारकेश्वर नगरपालिकाको वडा नम्बर ३ मा पनि यतिबेला नेपाली कांग्रेस पार्टीको तर्फबाट वडा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका कुशल राजनीतिज्ञ तथा समाजसेवी परशुराम अर्यालले उमेद्वारी दर्ता गराएका छन् ।
अर्याल अहिले ३ न. वडाका कांग्रेस सभापति रहेका छन । गत निर्वाचनमा पनि यस वडाबाट कांग्रेस उमेद्वार मनोहरि तिवारीले जितेका थिए। कांग्रेसको गढ मानिने ३ नम्बर वडामा अर्याल सर्वसम्मत सिफारिस भएका हुन्। उनी विगत लामो समयदेखी निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका छन। अर्यालले अब आफु निर्वाचित भए उक्त कार्यकाल भरी राज्यकोषबाट कुनैपनि किसिमको सेवा सुबिधा नलिने र जनताको सेवामा दिनरात नभनी खटिने घोषणा गरेका छन ।
अर्याललाई त्यस क्षेत्रमा बिपक्षीहरुले पनि अत्यन्तै शालिन, भद्र, जनताको समस्या बुझ्न सक्ने नेतृत्वको रुपमा हेर्ने गरेका छन्। उनि राजनीतिमा एकअर्कालाई गिराएर नभई आफ्नो धरातलमा उभिएर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने मत ब्यक्त गर्दै आएका छन्।






