Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसको घोषणापत्रमा ओलीको अभद्र टिप्पणी

१३ बैशाख , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभद्र शब्द प्रयोग गर्दै नेपाली कांग्रेसको घोषणापत्रको तुच्छ भाषामा टिप्पणी गरेका छन् ।

स्थानीयत तह निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रको अधिकांश भागमा केपी ओली र ओली नेतृत्व सरकारको आलोचना गरिएको छ । आलोचना गरिएकै विषयलाई लिएर ओलीले कांग्रेसको घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भन्दै तुच्छ र अभद्र शब्दमा टिप्पणी गरेका हुन् ।

२३औं मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने– ‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ ।’

ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्दै संविधान नै मास्ने प्रयास गरेको भन्दै ओलीको कदमलाई कांग्रेसले प्रतिगमन भनेको छ । तत्कालीन नेकपा सरकारको नेतृत्वकर्ता ओली नै वर्तमान संकटको कारक रहेको समेत कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

वर्तमान सरकारलाई परमादेशी सरकार भन्दै आएको एमालेलाई कांग्रेसले घोषणापत्रमार्फत ‘एमाले सर्वोच्चको आदेशबाट जन्मेको अवैधानिक पार्टी’ समेत भनेको छ । यसै विषयलाई लिएर ओलीले अभद्र मानिने ‘पालग’ शब्द प्रयोग गर्दै टिप्पणी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै