Comments Add Comment

Advertisment

SKIP THIS

इन्द्रसरोवर गाउँपालिकामा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध

१३ बैशाख , काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा (एमाले)का दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी इन्द्रसरोवर–१ की लक्ष्मी दमाइँ र इन्द्रसरोवर–४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएको भएको बताइएको छ । ती वडामा उक्त पदमा अरू कसैको पनि उमेदवारी नपरेकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै