Comments Add Comment

Advertisment

SKIP THIS

म्याग्दीको एक वडामा माओवादीको प्यानल नै निर्विरोध

१७ वैशाख , काठमाडौ । स्थानीय तहको निर्वाचनअन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिका-१ मा नेकपा माओवादी केन्द्रको प्यानल निर्विरोध भएको छ ।

जिल्ला निर्वाचन कार्यालय म्यादीकाअनुसार झकबहादुर छन्त्याल वडाध्यक्ष, सत्तमाया विक दलित महिला सदस्य, सिताकुमारी सन्त्याल महिला सदस्य, केआइसिंह छन्त्याल र गुनाराम छन्त्याल वडा सदस्य निर्विरोध भएका हुन् ।

त्यसैगरी रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ मा माओवादी केन्द्रकै रश्मि विक सार्की दलित महिला सदस्यमा निर्विरोध भएका छन् ।
नेपाली कांग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार राधिका सार्कीले माओवादीको उम्मेदवारलाई समर्थन गरी उम्मेदवारी फिर्ता लिएपछि रश्मि निर्विरोध भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै