Comments Add Comment

Advertisment

SKIP THIS

गठबन्धनका सकस !

स्थानीय चुनाव नजिकिदै जाँदा विभिन्न पालिका तथा वार्डहरुमा गठबन्धन दल आफैमा भागबन्डा नमिलेको र आपसी इगोका कारण  प्राय: पालिका तथा वार्डमा आ – आफै प्रतिष्प्रधामा उत्रिएका छन । कयौं ठाउँहरुमा गठबन्धन दलभित्रै झडपको स्थिति देखिएको छ । लमजुङ जिल्लालगाएत कयौं ठाउँमा कांग्रेसको आपसी द्वन्दका  कारण पार्टी कार्यालय नै तोडफोड गरिएको स्थिति छ । यसले गर्दा बिपक्षि दल एमालेको लागि फाइदा हुने देखिएको छ ।

चुनावी प्रतिष्प्रधामा नेपाली कांग्रेस आफैमा  एक सक्षम पार्टी हो तथापी कहिले काँही नेतृत्वको गलत निर्णयको कारण चुनावी परिणाम तल माथि हुनु अस्वभाविक होइन । तर कम्युनिष्टको दुई तिहाईको सरकारमा संलग्न पार्टीहरुमा आन्तरिक द्वन्द मच्चाई दिएर आन्तरिक र  बिदेशी शक्तिको आडमा अदालतवाट सत्ता हत्याएको कांङ्रेसकोसामु जति सत्ता र कुर्चीको अवसर प्राप्त भएको थियो आसन्न स्थानीय तहको चुनावले त्यत्तिकै चुनौतीको पहाड पनि खडा गरिदिएको छ ।

अहिले कांग्रेस,  माओवादी र नेकपा समाजवादी तीनवटै  दललाई नखाउँ भने दिनभरीको शिकार , खाउँ भने कान्छा बाउको अनुहार ” भएको छ यो स्थानीय चुनाव । कांग्रेसको लागि अन्य दलसँग गठबन्धन नगरौं सरकारमा आउंदा गरेको बाचा तोडिने भयो , गरौं त कयौं स्थानमा आफ्नो पद गुमाइने भयले कांग्रेस सकसमा परेको छ भने उता माओबादी र नेकपा समाजवादी भने कांग्रेसले साथ दिएन भने आफ्नो अस्तित्व गुम्ने डरले जसरी हुन्छ कांग्रेसलाई फकाउने  र तर्साएर भएपनि चुनावमा केही सिट हाता पार्ने दाउमा छन । अर्कोतिर मधेश प्रदेशमा एमालेको क्रेज बढेसँगै जसपा र लोसपालाई पनि आफ्नो बिरासत कायम राख्न गठबन्धन या अन्य दलसँग  मिल्नुको बिकल्प छैन ।

तर अनेक दलहरु मिलाएर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले आसन्न स्थानीय चुनावमा ७५३ पालिकामा प्रमूख – अध्यक्षमा जम्मा ६४६ र उपप्रमूख – उपाध्यक्षमा  जम्मा ५७० पदमा उमेद्वारी दिन बाध्य भएको  छ । एमालेको  भने प्रमूख- अध्यक्षमा जम्मा ७३६ र उपप्रमूख – उपाध्यक्षमा  जम्मा ७३० उमेद्वारी परेको छ । अहिले कांग्रेसले चुनाव जित्ने ठाउँमा पनि गठबन्धनका अन्य दलहरुलाई भाग लगाउँदा पाएको अवसरलाई पनि गुमाउने स्थितिमा छ । कतिपय पालिकाहरुमा गठबन्धनकै दलभित्र चुनावी प्रतिष्प्रधा हुने देखिएकोले आपसी बैमनश्यताको खाडल झन गहिरिंदै जाने स्थिति देखिन्छ ।

सत्ता गठबन्धन दलभित्र करिब दुई  दर्जन जिल्लामा मात्र चुनावी सहकार्य भएको देखिन्छ । बाँकि अन्य जिल्लामा आ -आफै प्रतिष्प्रधामा उतृएका छन । हिजो मात्र गठबन्धनका शिर्ष नेताहरुले बागी उमेद्वार नदिन र गठबन्धन भित्र मात्र तालमेल गर्न निर्देशन जारी गरे पनि अति महत्वकासाथ हेरिएको भरतपुर र पोखरा महानगरपालिकामा भने कांग्रेसका बागी उमेद्वारहरुलाई फकाउन देउवा र दाहाल दुवै सकृय भएका छन तथापी प्रयास असफल देखिदै छ ।

तसर्थ नजिकिंदै गरेको स्थानीय चुनावले प्रतिपक्ष दल एमाले जति हौसिएको छ उत्तिकै निराशाको बादल र अनेक सकसहरु गठबन्धन दलभित्र देखिएको र गत महिना सत्ता गठबन्धनले एमसीसी पास गर्नाले पनि जनतामा देखिएको निराशाको कारण चुनावी परिणाम कुन दलको कति आउँछ भन्ने एकिन गर्न सक्ने स्थिति देखिदैन ।

खिमराज गिरी
९८५११९२०८८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै