Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ

१७ बैशाख , काठमाडौं । काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित शनिबार बिहान दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् ।

सडकमा शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरूबाट स्रोत नखुलेको रु १६ लाख रकम बरामद गरिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै