१७ वैशाख , काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) को तार्केश्वर नगरपालिका नं . ३ मा दुई दलिय बाम गठबन्धन भएको छ । गठबन्धन भइरहदा नेकपा एमाले र नेपाली कांग्रेशमा तहल्का मच्चिएको छ ।
तार्केश्वर-३ मा गठबन्धनले जित्ने लक्षण बढ्दो भएको स्थानिय news24galaxy का संवाददाताले जानकारी दिए । लगभग ४ हजार भोटर भएको उक्त नगरपालिका -३ मा माओवादी केन्द्र र एकिकृत समाजवादी गठबन्धन भएको छ ।
दुई दलिय बाम गठबन्धबाट उम्मेदवारको नाम :
प्रमुख (मेयर)-लव कुमार बस्नेत
उप प्रमुख – धनलाल मजन
वडा अध्यक्ष -हरिशरण घिमिरे
महिला सदस्य -सुशिला गजुरेल
दलित महिला सदस्य -लक्ष्मी परियार
खुल्ला सदस्य -सुबास अर्याल , ऋषीराम अधिकारी
गठबन्धन पार्टीले तार्केश्वर ३ मा बलियो उम्मेदवार ल्याएको स्थानियको चासो बिषय बनेको छ । स्थानिय अनुसार पहिलेको भन्दा यो गठबन्धनले छुट्टै पहिचान र जित सुनिश्चित रहेको बताए ।








