Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीको २९ औँ प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह नियुक्त

१८ बैशाख , काठमाडौं । नेपाल प्रहरीको २९औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंह बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि आइतबार सरकारले सिंहलाई आईजीपीमा बढुवा गरेको हो । सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी अधिकारी हुन् ।

आईजीपीको प्रतिस्पर्धामा एआईजीत्रय विश्वराज पोखरेल, सहकुल थापा, रवीन्द्र धानुक पनि थिए । तर, सरकारले सिंहलाई नियुक्त गरेको हो । उनीहरू एकै ब्याची हुन् । तर, एआईजी बढुवामा भने फरक–फरक मितिमा बढुवा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै