Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा स्पाइस जेटको विमान दुर्घटनाबाट बच्यो, आँधीबीच अवतरण गर्दा १७ घाइते

१९ बैशाख , काठमाडौं । भारतको मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलो आँधीको सामना गरेको छ ।

आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए । आकस्मिक अवतरणका क्रममा १७ जना घाइते भएको भारतको एनडीटीभी समाचार च्यानलको अनलाइन संस्करणले जनाएको छ ।

घाइते हुनेमा १४ जना यात्रु र चालक दलका ३ सदस्य रहेको एनडीटीभीले जनाएको छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो ।

दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको जनाइएको छ । आँधीले विमान हल्लिएपछि क्याबिनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको हो ।

‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो’ एक यात्रुले एनडीटीभीलाई भने । नागरिक उड्यन महानिर्देशनालयले दुर्घटनाबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै