Comments Add Comment

Advertisment

SKIP THIS

नेप्सेमा ५९ अंकको पहिरो

१२ फागुन, काठमाण्डौं । अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को साइड इफेक्ट बिहीबारको सेयर बजारमा पनिदेखिएको छ । गत फागुन ८ गते संघीय संसदमा एमसीसी टेबल भएसँगै तरंगित बजारमा १२ गते बिहीबार बस्ने संघीय संसदमा सोही मुद्दामा केन्द्रीत हुने भनिए पनि थप सशंकित बन्न पुगेको हो ।

तथापि, आजको बैठकले एमसीसीको मुद्दामा कुनै निर्णय गर्न सकेन । तर, यसैको प्रभाव आज सेयर बजार परिसूचक (नेप्से) मा झण्डै ५९ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५९.९९ अंकले घट्दै २६ सय ६१.४४ विन्दुमा झर्न पुगेको छ ।

यस्तै आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत १०.३६ अंकले घट्दै ५०७.५८ विन्दुमा झरेको छ । त्यसो त साताको अन्तिम कारोबार दिन समेत रहेको आज सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । झण्डै ६० अंकले घटेको बजारमा आज ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्सेमा १७ अंकको गिरावट

नेप्सेमा ४३.१० अंकको गिरावट

दोहोरो अंकले घट्यो नेप्से