२१ वैशाख, काठमाडौ । राम चन्द्र प्रजापति । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० भक्तपुर नगरपालिका मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार वडा नं ९ बाट घरदैलो अभियान शुरु गरेका छन् ।
भक्तपुर नगरमा एमालैमय बनाउन नगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरु चुनावी घरदैलो शुरु गरेका हुन् । अन्य दलले घरदैलौ कार्यक्रम शुरु नगर्दै एमालेका उम्मेदवारले उल्लासका साथ घरदैलो शुरु गरेका हुन् ।
‘सूर्यमा छाप झ्याप झ्याप’ भन्ने नारासहित कार्यकर्ताको घरदैलोमा मत माग्न हिड्न थालेका छन् । एमाले जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहँदै गर्दा विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं ८, ९ र १० बाट अभियान शुरु गरिएको मेयर पदका उम्मेदवार रविन्द्र लाछिमस्युले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस पटक नगरपालिकामा एमालेले विजय हासिल गर्ने सुनिश्तित भइसक्यो ।
हाम्रो पार्टीका नेता विजय भएपश्चात यस स्थानको मुहारै फेरिदिने छौँ । कला र संस्कृतिले भरिपूर्ण भक्तपुर नगरपालिकामा समृद्धि नेपाल सुखी नेपाल एमालेलेको विकल्प छैन ।’






