Comments Add Comment

Advertisment

SKIP THIS

वेबसाइटहरुको मापन गर्ने ‘एलेक्जा’ बन्द

२२ वैशाख, काठमाडौ । विश्वव्यापी रुपमा वेबसाइटहरुको मापन गर्ने प्लेटफर्म ‘एलेक्सा’ बन्द भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन अर्थात् मे एक तारिखबाट अमेजनले आफ्नो सहायक कम्पनी एलेक्जा बन्द गरेको हो ।

एलेक्जा विगत २५ वर्षदेखि सञ्चालनमा थियो । जसले वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरुको मापन गर्दै आएको थियो । त्यसैका आधारमा कुन देशमा कुन वेबसाइट कति औं नम्बरमा छ रु विश्वमा कति स्थानमा छ भन्ने जानकारी लिन सकिन्थ्यो ।

त्यतिमात्रै नभएर यसले कुनैपनि वेबसाइटको एसईओ, अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो ।

अमेजनले भनेको छ( ‘दुई दशकभन्दा बढी तपाईंहरुलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । हामीलाई सामग्री अनुसन्धान, प्रतिस्पर्धी विश्लेषण, किवर्ड अनुसन्धान र अन्य धेरैको लागि तपाईंको स्रोत बनाउनु भएकोमा धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्लक भएका वेबसाइट हेर्ने ५ तरिका

Advertisment

छुटाउनुभयो कि? सबै

ब्लक भएका वेबसाइट हेर्ने ५ तरिका