Comments Add Comment

Advertisment

SKIP THIS

कम्पनी रजिष्ट्रारको अतिआवश्यक बाहेकका सेवा बन्द

२३ बैशाख , काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको जनाएको छ ।

कार्यालयका उपरजिष्ट्रार अच्युत ढुङ्गानाले निर्वाचनपश्चात् मात्र सेवा सुरु गर्ने गरी कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी अत्यावश्यक परेकाबाहेक अन्य कार्य बन्द गरिएको जानकारी दिए । उनले कार्यालयको सो निर्णयबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी रहेकोसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै