Comments Add Comment

Advertisment

SKIP THIS

आईपीएल : गुजरातमाथि मुम्बईको ५ रनको नाटकीय जित

२४ बैशाख , काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्समाथि ५ रनको नाटकीय जित हात पारेको छ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो। गुजरातलाई जितको लागि अन्तिम ६ बलमा ९ रन चाहिएको थियो। तर, तीव्र गतिका बलर ड्यानियल साम्सले ३ रन मात्र खर्चेपछि मुम्बईले नाटकीय जित हात पारेको हो।

गुजरातका ओपनर ऋद्धिमान शाहले सर्वाधिक ५५ रन बनाए। उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे।र्का ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र २ छक्कासहित ५२ रनमा आउट भए।पहिलो विकेटका लागि गिल र शाहले १२.१ ओभरमा १ सय ६ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए।

डेभिड मिलर १४ बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहे। यता, हार्दिक पान्ड्याले १४ बलमा ४ चौकासहित २४ बनाए। शाई सुदर्शन १४ रनमा आउट भए। मुम्बईका स्पिनर मुरुगन आश्विनले २ विकेट लिए। किरोन पोलार्डको नाममा १ विकेट रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै