२४ बैशाख , काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ मा नेपाल मजदुर किसान पार्टीले चुनावी घरदैलो कार्यक्रम सुरु गरेको छ ।
वडा अध्यक्षका उम्मेदवार ई। सविन महर्जन तारकेश्वर वडा नं. ९ का उम्मेदवारहरुमा योग्य उम्मेदवारका रुपमा परिचित हुनुहुन्छ । महर्जन प्राविधिक भएकाले पनि उनले वडा नं। ९ को विकासको दिर्घकालिन खाका आफैं बनाउन सक्छन् ।
तारकेश्वर वडा नं। ९ मा जन्मिएका सविन महर्जनले बि।ई। सिभिल, एम।बि।ए सम्मको अध्ययन गरेका उनले विभिन्न संघरसंस्थामा आवद्ध रहेका छन् । जसमा किन्डर गार्टेन सेकेण्डरी स्कुलका अध्यक्ष समेत हुन् । सम्भाव्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष समेत हुन् ।
सि।आर्क। कन्सल्टेन्ट प्रा।लि।का प्रबन्धक हुन् । ईन्द्रायणी युवा क्लवका सचिव हुन । महर्जनले तारकेश्वर नगरपालिका इन्जीनियरको जिम्मेवारीमा २०६६ देखि २०७३ चैत मसान्तसम्म काम गरी राजनीति र समाजसेवा सहित थुप्रै व्यवसायमा संलग्न छन् ।
तारकेश्वर ९ का बलियो उम्मेदवार सविन महर्जन अन्य ठूला दलसँग प्रतिस्पर्धामा उत्रिएका छन् । महर्जनले आफुले जित हासिल गर्न सके वडा नं। ९ का दिर्घकालिन विकासको खाका आफुसँग रहेको बताउनुभयो ।
एमसीसीसमर्थक देशघाती हराऔं, देशको सम्प्रभुता रक्षा गरौं १ भन्ने नाराका साथ मादल चिन्हमा छाप लगाई देशभक्तहरुलाई विजयी गराऔं उद्दृश्यले आफ्नो उम्मेदवारी दिएको महर्जनले बताएका छन् । नेमकिपाबाट तारकेश्वर मेयरमा श्रीकुमार महर्जन र उपमेयरमा इन्द्र कुमारी बज्राचार्य उम्मेदवार रहेका छन् । त्यस्तै तारकेश्वर ९ मा वडा अध्यक्ष पदमा सविन महर्जन, विष्णु मायाँ महर्जन, शर्मिला सार्की, प्रेम महर्जन र शोभा डंगोल राजवाहक रहेका छन् ।


