Comments Add Comment

Advertisment

SKIP THIS

सी डिभिजन लिग : मनोहरा र महावीरको बराबरी

२५ बैशाख , काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगमा महावीर क्लब र मनोहरा युनाइटेड क्लबले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा महावीर र मनोहरा बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । महावीरका लागि सञ्जिव धिमालले १ गोल गरे भने मनोहराका लागि अजय कुमार चौधरीले १ गोल फर्काए ।

खेलको ३८ औँ मिनेटमा सञ्जिवको गोलले महावीरले खेलमा अग्रता लिएको थियो । तर ७९ औँ मिनेटमा मनोहराका लागि अजयले १ गोल फर्काएसँगै खेल १–१ को बराबरीमा पुग्यो ।

महावीरका प्रताप चौधरी म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा आरसी ३२ फुटबल एकेडेमी र पुल्चोक स्पोर्ट्स क्लब दिउँसो ४ बजे भिड्नेछन् ।

आरसी ३२ छैटौँ जितको खोजीमा छ भने पुलचोक दोस्रो जित निकाल्न चाहन्छ । आरसी ३२ १५ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने पुलचोक ३ अंकसहित १२ औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै