Comments Add Comment

Advertisment

SKIP THIS

सी डिभिजन लिगमा सोमबार २ खेल हुँदै

२६ बैशाख , काठमाडौं । शहिद स्मारक ‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार हुने पहिलो खेल स्वयम्भु क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच हुँदैछ ।

खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । स्वयम्भु आफ्नो पहिलो जितको खोजीमा छ भने समाज कल्याण चौथो जितको खोजीमा मैदान उत्रिनेछन्।

३ अंकसहित स्वयम्भु तालिकाको १३ औँ स्थानमा छ भने समाज कल्याण १० अंकसहित छैंटौँ स्थानमा रहेको छ ।

अर्को खेलमा स्पोर्ट्स एकेडेमी साँगा र झापा फुटबल क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् । साँगा दोस्रो जितको खोजीमा छ भने झापा छैंटौँ जितको खोजीमा छ ।

साँगा ५ अंकसहित १०औँ स्थानमा छ भने झापा १६ अंकसहित दोस्रो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै