Comments Add Comment

Advertisment

SKIP THIS

बुवाको मृत्यु भएपछि कान्छा छोराले दिए वडाध्यक्षमा उम्मेदवारी

घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका-१७ को वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीले उम्मेदवारी दर्ता गरेका छन ।

नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार लबरूको उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। उनको ठाउँमा एमालेले प्रदीपलाई उम्मेदवार बनाएको हो। प्रदीप पनि एमालेमा क्रियाशिल छन्। अनेरास्वबियुबाट स्वबियु सदस्य भएका प्रदिप युबा संघ तुलसिपुरको नगर सदस्य जिम्मेवारी लिएर कृयाशिल थिए । माबी दुधराशबाट प्लस टु पास गरेका उनि बाबुलाई राजनितिमा सहयोग गर्दै आएको एमाले दाङका सचिब मनोहर बुढाथोकीले बताए । पार्टीका युबा संघ र अनेरास्वबियुको बिभिन्न कमिटिमा बसेर काम गरेका उनि स्थानिय क्लबमार्फत सामाजिक काम गर्दै आएका छन ।

एमालेले टिकट दिएसँगै प्रदीपले बुधबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्। आयोगले आज दिउसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय दिएको थियो।

उम्मेदवारी दर्तापछि प्रदीपले बुवाको सपना पूरा गर्न आफूले उम्मेदवारी दिएको बताए। “लबरू चौधरी मेरो बुवा मात्र नभई यो ठाउँको जनताको सेवक र अभिभावक हुनुहन्थ्यो, उहाँको असायमिक निधनले हामी सबै स्तब्ध छौ,” प्रदीपले भने, “उहाँले देखाएको बाटो र उहाँको सपना पूरा गर्नलाई मतदाताले मलाई भोट दिनुहुन्छ भन्ने मलाई विश्वास छ।”

आज वडाध्यक्षमा उम्मेदवारी दिएका प्रदीपलाई बिहीबार चुनाव चिह्न प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनले ३१ वैशाख राति १२ बजेसम्म चुनावी प्रचार प्रसार गर्न पाउनेछन्।

तुलसपुर-१७ मा ३ जेठमा मतदान हुनेछन्। अन्य वडामा भने ३० वैशाखमै मतदान हुनेछन्। यो वडामा मतदान सकिएपछि मात्रै अन्य वडाको मत गणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै