Comments Add Comment

न्याय परिषद्ले माग्यो २७ उच्च अदालतका न्यायाधीश

११ साउन , काठमाडौं । न्याय परिषद्ले २७ जना उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग गरेको छ । आज सूचना प्रकाशित गरी परिषदले योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।

सूचनाअनुसार संविधानको धारा १४० को उपधारा (२)बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुक व्यक्तिले न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ को अनुसूची–१ बमोजिम स्वघोषणा पत्र समेत संलग्न गरी आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै