Comments Add Comment

Advertisment

SKIP THIS

मौन अवधिमा प्रचार : माओवादी केन्द्र र काँग्रेसका कार्यकर्ताबीच भेट भएपछि झडप, २० बढी घाइते

२९ वैशाख, काठमाडौं । धादिङमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप हुँदा २० भन्दा बढी घाइते भएका छन् ।जिल्लाको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा गएराति निर्वाचनको प्रचारप्रसारका क्रममा उनीहरुबीच झडप भएको हो ।झडपमा परि नीलकण्ठ नगरपालिका ६ का काँग्रेस उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएको जनाइएको छ ।उनको शरीरका भिभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । साथै झडपमा माओवादी केन्द्र र नेपाली काँग्रेस दुवैको २० भन्दा बढी कार्यकर्ता घाइते भएको प्रहरीको भनाइ छ ।घाइतेहरु सबैको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मौन अवधिका बेलामा बुधबार राति काँग्रेस र माओवादी दुवै पक्षले चुनावी अभियान संचालन गरिरहेका थिए । जसक्रममा दुवैपक्षको भेट भएपछि उनीहरुबीच झडप भएको थियो । घटनाप्रति कसको दोस भन्ने खुल्न सकेको छैन । माओवादी केन्द्र र नेपाली काँग्रेस दुवैले आफूमाथि पहिला आक्रमण भएको भन्दै एक अर्काबीच आरोप प्रत्यारोप गरिरहेका छन् ।धादिङमा पाँच दलीय गठबन्धनबीच तालमेल भएपनि वडामा भने सबै पार्टीले आआफ्नै उम्मेदवार उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment