Comments Add Comment

Advertisment

SKIP THIS

स्थानीय तहका निर्वाचन : कालीकोटमा ५९५ कर्मचारी खटिए

२९ वैशाख, काठमाडौं । भोलि हुने स्थानीय तहका निर्वाचनका लागि कालीकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् ।

जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा ५९५ कर्मचारी खटिएकामध्ये ११९ मतदान अधिकृत, ११९ सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताए ।

जिल्लामा ४१ हजार ९४४ पुरुष र ३८ हजार ४७२ महिला गरि कूल ८० हजार ४१६ मतदाता रहेका छन् ।

त्यसका लागि ९१ हजार मतपत्रसहित आवश्यक निर्वाचन सामग्री मतदान केन्द्र तथा मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालय कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै