त्रिभुन विमानस्थलको आगमन कक्ष व्यवस्थित गर्न पर्यटनमन्त्रीको निर्देशन -
Comments Add Comment

त्रिभुन विमानस्थलको आगमन कक्ष व्यवस्थित गर्न पर्यटनमन्त्रीको निर्देशन

५ माघ , काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज (बिहिबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

बिहिबार बिहान विमानस्थल पुगेका मन्त्री किरातीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको अनुगमन गर्दै विमानस्थलका शौचालयहरू सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिएका छन् ।

हाल विमानस्थलमा आगमनतर्फ तीन वटा लिफ्ट र एक/एक वटा ट्रयाबलेटर रहेको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । केही दिनअघि मात्रै एक अभिनेत्री उषा रजक लिफ्टमा अड्किएर लडेकाे भिडियो टिकटकमा भाइरल भएको छ । अहिले लिफ्टहरूमा ट्रली निषेध गरिएको छ । बन्ध गर्दा झन समस्या हुने भएकोले ट्रली निषेध गरेर थप व्यवस्थित गर्न लागिएको विमानस्थलका प्रमुख ठाकुरले बताए ।

आगमनतर्फ लिफ्ट अझै थप्न आवश्यक रहेको उनको भनाइ छ । मन्त्री किरातीले केही दिनमा पुन विमानस्थलको अनुगमन गर्ने बताएको प्रमुख ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment