Comments Add Comment

Advertisment

SKIP THIS

बाबुराम भट्टराईलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

३० बैशाख , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ ।

भट्टराईले आज स्थानीय तहको निर्वाचनमा मतदान गर्दा मतसङ्केत गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले उनीलाई स्पष्टीकरण सोधेको हो ।

‘जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान गर्ने क्रममा मतसङ्केत गरेको मतपत्र सार्वजनिक गर्नुभएको विषयप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले विज्ञप्तिमा स्पष्ट जवाफ चौबीस घण्टाभित्र पेश गर्न भनेको छ ।

‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

भट्टराईले आज बिहानमा गृह जिल्ला गोर्खामा मतदान गरेपछि मतसङ्केत गरेको मतपत्रको फोटो सामाजिक सञ्जालमा राखेका थिए । फोटो उनी आफैँले नखिची अरु कसैले खिचेको थियो ।

निर्वाचन आचारसंहिता अनुसार मतदान गर्दा साथमा मोबाइल लान पाइदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै