२४ साउनमा आइपीओ निष्कासन गर्दै धौलागिरी लघुवित्त -
Comments Add Comment

२४ साउनमा आइपीओ निष्कासन गर्दै धौलागिरी लघुवित्त

१५ साउन , काठमाडौ । धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यका दरले तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । योमध्ये १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोष र पाँच हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै