Comments Add Comment

Advertisment

SKIP THIS

ताप्लेजुङको मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

३१ बैशाख , काठमाडौं । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो ।

एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तम्मबाहाम्फले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गरेका छन्। तुम्बाहाम्फेले ४५६ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गरे।

१३२ मतले लिम्बू पराजित हुनभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै सदस्य पनि एमालेका उम्मेदवार विजयी भएसँगै मेरिङदेनको ६ नं वडामा प्यानलनै एमाले पार्टीले विजयी प्राप्त गरेको हो ।

यस्तै अरु वडामा भने मतगणना कार्य जारी रहेको जनाइएको छ । गाउँपालिका अध्यक्षमा हालसम्म एमाले ३५४, कांग्रेस ३११, उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीले २७० मत र स्वतन्त्र २४४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका बाहेक आठ गाउँपालिकामा मतगणना सुरुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै