Comments Add Comment

Advertisment

SKIP THIS

हुम्लाको ताँजाकोट र रुकुमपश्चिमको सानोभेरीमा माओवादीको अग्रता

३१ बैशाख , काठमाडौं । हुम्लाको ताजाँकोट गाउँपालिकाका र रुकुमपश्चिमको सानोभेरी नगरपालिकामा अग्रता कायम गरेका छन् । हुम्लाको माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार लाकेश जैसीले २३७ मत ल्याएका भने रुकुमपश्चिमको सानोभेरीमा प्रमुखमा विर्खबहादुर विष्टले ५४७ मत सहित छन् ।

हुम्लाको ताँजाकोटमा ४५७ मत गणना गर्दा एमालेका अजमल बुढाले १६१ मत प्राप्त गरेका छन् । पालिकाको उपाध्यक्षमा भने कांग्रेसका सुरेन्द्र थापाले २३६ र एमालेकी उपाध्यक्ष रूपचन्दा ऐडीले ७४ मत ल्याएकी छन् ।

ताजाँकोटमा पालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।

रुकुमपश्चिममा बिष्टका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै