Comments Add Comment

Advertisment

SKIP THIS

कृषकलाई समयमा मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

२९ जेठ , काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समयमै किसानलाई मलको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले सांसदहरुले उठाएको रासायनिक मल अभावको विषय ध्यानाकर्षण भएको बताउँदै यथाशीघ्र किसानलाई मल उपलब्ध गराउन सरकारका सम्बन्धित मन्त्रीलाई रुलिङ गरेका हुन् ।

सभामुख सापकोटाले भने–‘खेतीको समयमा पनि रासायनिक मल उपलब्ध नभइरहेको सन्र्दभमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकषर्ण भएको छ । यथाशीघ्र किसानलाई मल उपलब्ध गराउने गरी व्यवस्थापन गर्न गराउन सम्बधित मन्त्रीको ध्यानाकर्षण गराउँछु ।’

आगामी आर्थिक बर्षका लागि पस्तुत विनियोजन विधेयकमाथि बोल्ने क्रममा अधिकांश सांसदहरुले किसानलाई मल अभाव भएको विषय संसदमा उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै