३१ बैशाख , काठमाडौं । जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. १ मा एमालेले ऐतिहासिक रेकर्ड राखेको छ ।
स्थानीय तहको निर्वाचनपछिको मतपरिणाम सार्वजनिक हुने क्रममा उक्त निर्वाचन इतिहासमा मध्यपुर थिमि १, लोहकिथलीबाट पहिलो पल्ट कम्युनिस्ट पार्टीबाट सदस्यमा श्यामकृष्ण प्रजापति निर्वाचित हुन सफल हुनुभएको छ ।
एक वडा अध्यक्षमा काँग्रेसले जित्दा वडा सदस्य पदमा एमालेका उम्मेदवारले जीत हासिल गरेका छन् । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा काँग्रेसले वडा अध्यक्षसहित तीन वटा वडा सदस्यमा जीत हासिल गर्दा एमालेका उक्त उम्मेदवारले पनि जीत हासिल गर्नुभएको छ । उहाँको जीतलाई एमालेका तर्फबाट मेयर पदमा उम्मेदवार बनेका मदनसुन्दर श्रेष्ठले निर्वाचनको इतिहासमै पहिलोपटक कम्युनिष्ट पार्टीबाट निर्वाचित भएको दावी गर्नुभएको छ । उहाँले १ हजार ८ सय ८५ मत पाएर विजय हासिल गर्नुभएको छ ।


