Comments Add Comment

Advertisment

SKIP THIS

कोरोनाको प्रकोप नियन्त्रणका लागि उत्तर कोरियामा कडा मापदण्ड लागू

०१ जेठ , काठमाडौं । उत्तर कोरियाले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । मापदण्डअनुसार उत्तर कोरियामा देशव्यापी रुपमा लकडाउन गरिएको छ ।

उत्तर कोरियाली नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । पछिल्ला केही दिनयता ज्वरोका बिरामीहरु बढेकाले उपचारमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।

उत्तर कोरियामा शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो । उत्तर कोरियालमा पछिल्ला केही दिनहरुमा ज्वरोका बिरामी बढेका पाइएको छ । ती ज्वरोका विरामीहरुमा कोभिड भएको आशंका पनि गरिएको छ ।

त्यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियाली जनस्वस्थ्य मन्त्रालयको संयोजनमा ज्वरोका बिरामीहरुको उपचारका काम भएको छ । उत्तर कोरियामा ज्वरो आउने विरामीको संख्या बढ्दै गएको छ ।

ती ज्वरोका बिरामीमा कोभिडको संक्रमण भएको आशंका गरिएकाले उपचारमा पनि सतर्कता अपनाइएको जनाइएको छ ।

त्यहाँका नागरिकलाई कोभिड विरुद्धको खोप दिइएको छैन । अधिकांश जनसंख्याले खोप नलगाएका कारण ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

उत्तर कोरियाको राजधानी प्याङ्याङमा कोरोन भाइरसको ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो । त्यहाँ सर्वोच्च नेता नेता किम जोङ उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न निर्देशन दिएसँगै मुलुकभर लकडाउन भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै