०१ जेठ , काठमाडौं । उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप फैलिरहेको उत्तर कोरियामा मृत्यु भएकाहरूलाई कोभिड– १९ भएको आशंका गरिएको छ ।

राज्यको आधिकारिक समाचार संस्था केसीएनएले प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ । मुलुकमा आठ लाख २० हजार ६ सय २० जनालाई ज्वरो देखिएको ती मध्ये तीन लाख २४ हजार ५ सय ५० जना उपचार गरी निको भएका बताइएको छ ।

उत्तर कोरियामा कोभिड–१९ को पहिलो घटना पुष्टि भएलगत्तै नेता किम जोङ उनले राष्ट्रव्यापी लकडाउनको निर्देशन जारी गरेका छन् ।

उत्तर कोरियाको राजधानी प्योङ्याङमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो ।