Comments Add Comment

Advertisment

SKIP THIS

पोखरामा कलम अगाडि : उपमेयरमा कांग्रेस र एमालेको २५ मतको प्रतिस्पर्धा

०२ जेठ , काठमाडौँ । पोखरा महानगरको मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन्।

आठ हजार ६९३ मतगणना हुँदा मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले तीन हजार ४६५ मत ल्याएका छन्। मतगणनाको सुरुदेखि नै अग्रता ल्याएरका उनले त्यसलाई कायम राखेका हुन्।

एमालेका मेयर उम्मेदवार कृष्णबहादुर थापा तीन हजार १०८ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। राप्रपाका शंकर खराल ४६३ तथा अटेरी समूहका गनेस पौडेलले २१२ मत ल्याएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। एमालेकी मञ्जुदेवी गुरूङले तीन हजार ५७५ मत पाएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले तीन हजार ६०० पाएकी छन्। उपमेयरमा २५ मतले कांग्रेस अगाडि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment