Comments Add Comment

Advertisment

SKIP THIS

रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

०२ जेठ , काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा गए राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा पछाडि सवार नुवाकोटको बिदुर नगरपालीका १० बेत्रावतीकी ४३ वर्षीया पम्फा तामाङ रहेकी छन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बेत्रावतीबाट खाल्टेतर्फ जाँदै गरेको बा ९६ प २०९४ नम्बरको मोटरसाइकल गए राति सवा १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी बेत्रावतीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै