Comments Add Comment

Advertisment

SKIP THIS

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

१३ साउन , काठमाडौँ । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानका क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रशिक्षण उडानका क्रममा भारतीय वायुसेनाको विमान दुर्घटनामा परेको हो ।

मिग मि–¬२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार अबेर दुर्घटनामा परेको थियो ।

भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment