Comments Add Comment

Advertisment

SKIP THIS

राजगढ गाउँपालिकाका अध्यक्षमा एमाले विजयी

०४ जेठ , काठमाडौं । सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा रेणुदेवी मण्डल निर्वाचित भएका हुन् । मण्डलले ४ हजार १४९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८ सय ७ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित रेणुदेवीले ३ हजार ८ सय ८० मत ल्याएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेखाकुमारी यादवले ३ हजार ७ सय ७ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै