२१ फागुन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएको छ ।

सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा जाने तयारी रहेको स्रोतले बतायो । प्रधानमन्त्री प्रचण्डले सम्भवतः आजै वर्तमान मन्त्रिपरिषद खाली गरेर एमाले र रास्वपालाई भित्र्याउनेछन् । पहिलो चरणमा एमाले, माओवादी र रास्वपाबाट एक–एक जना मन्त्री बनाउने तयारी छ ।

एमाले र माओवादीबाट पदम गिरी र वर्षामान पुन मन्त्री बन्दा रास्वपाले सभापतिलाई नै अघि सार्ने भएको हो । मन्त्रालयको बाँडफाँड भने टुंगिसकेको छैन । रास्वपाले आज फेरि बैठक बसेर रविको नाम पठाउने स्रोतको भनाइ छ ।