१३ असार , काठमाडौ । गृहमन्त्रालयले नेपाली काँग्रेसका पूर्वमहामन्त्री कष्णप्रसाद सिटौला र नेतृ डा. आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न कुनैपनि निर्देशन नदिएको बताएको छ ।
सोमबार मन्त्रालयका प्रवक्ता सहसचिव केदार शर्माले विज्ञप्ति जारी गर्दै सिटौला र देउवालालाई पक्राउ गर्न निर्देशन नदिइएको बताएका हुन् ।
एक दैनिक पत्रिकाले सिटौला र देउवालाई पक्राउ गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी नेतृत्वलाई निर्देशन दिएको समाचार प्रकाशित गरेको थियो ।
विज्ञप्तिमा श्रेष्ठले कार्यभार सम्हालेसँगै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सबै मुद्धामा स्वच्छ, निस्पक्ष र दबाबरहित ढंगले अनुसन्धान तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरीलगायतका सुरक्षा निकायलाई निर्देशन दिएको भए पनि कुनै व्यक्ति लक्षित केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलल्पित, झुठा भएको उल्लेख छ ।
सत्यमा आधारित नभई प्रकाशित यस्ता समाचारले मन्त्रालयले हाल सञ्चालन गरिहरेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिग्भ्रमित पार्न उद्दत समूहलाई फाइदा पुग्नेतर्फ सचेत रहन सञ्चार माध्यमलाई आग्रह गरिएको छ ।
यस्तो छ विज्ञप्ति




