Comments Add Comment

Advertisment

SKIP THIS

विजयी जुलुसमा हिँडेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

०५ जेठ , काठमाडौं । जिल्लाको सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज को २ च १४३७ नम्बरको ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हुँदा १३ जना घाइते भएका हुन् ।

घाइते भएका २६ वर्षीय जालन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । ३ जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै