Comments Add Comment

Advertisment

SKIP THIS

वीरगञ्जमा नाला सफा गर्दा भेटियो १०५ थान गोली

२८ जेठ , काठमाडौ । वीरगन्जमा ठूलो परिणाममा हतियारमा प्रयोग हुने गोली फेला परेको छ । आईतबार बिहान वीरगञ्ज महागरपालका वडा नम्बर ६ को मुख्य नाला सरसफाई गर्ने क्रममा १ सय ५ थान गोली फेला परेको हो ।

महानगरपालिकाका कर्मचारीहरुले नाला सरसफाई गर्ने क्रममा प्लास्टिकको झोलामा उक्त परिणामको गोली फेला परेको वीरगञ्ज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सर्फुद्दीन मियाँले जानकारी दिए ।

उनले सरसफाईको क्रममा गोली भेटिएपछि प्रहरीलाई खबर गरेको बताए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहसहितको टोली गोली भेटिएको स्थानमा पुगेका थिए ।

९ एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा प्रयोग हुने कुल १०५ राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक शाहले बताए ।

उनले फेला परेको मध्ये ४ वटा गोली बिग्रेको अवस्थामा भेटिएको जानकारी दिए । बरामद भएको गोली कसले र कहिले राखेको भन्ने बारेमा नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment