वीरगञ्जमा पनि भगवान् रामको मूर्ति स्थापना हुने, माछा मासु प्रतिबन्ध ! -
Comments Add Comment

वीरगञ्जमा पनि भगवान् रामको मूर्ति स्थापना हुने, माछा मासु प्रतिबन्ध !

४ माघ ,काठमाडौ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिनमै वीरगञ्जमा पनि भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गरिने भएको छ ।

अयोध्यामा जनवरी २२ अर्थात् माघ ८ मा प्राण प्रतिष्ठा अनुष्ठान हुँदैछ । सोही दिन वीरगन्जको घडिअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने तयारी गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाले प्राण प्रतिष्ठाको कार्यक्रम राखेको छ । उक्त दिन वीरगञ्ज महानगरक्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरण लगायतका कार्य नगरिदिन महानगरले सूचना जारी गरेको छ ।

सूचनाको अटेर गरेमा नियमानुसार कारबाही गरिने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले जारी गरेको सूचनामा उल्लेख छ ।

अयोध्यामा हुने भगवान् रामको प्राण प्रतिष्ठाको अवसरमा नेपालको विभिन्न स्थानमा कार्यक्रमको तयारी छ । जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख २५ हजार दीप जलाउने बताइएको छ ।

जनकपुरधामका मेयर मनोज साहले नगरवासीलाई दीपोत्सव गर्न अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment