Comments Add Comment

Advertisment

SKIP THIS

आज मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने

६ भदौ , काठमाडौ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज अपराह्न ५ बजे बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्ने सम्भावना छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाइएको छ । प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए।

टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment