Comments Add Comment

Advertisment

SKIP THIS

आर्थिक प्रतिबन्धको असर, रुसको सेन्ट्रल बैंकले बढायो ब्याजदर

१६ फागुन, काठमाण्डौं । युक्रेनमाथि हमलापछि रुसको बैंकमाथि युरोपेली देशको प्रतिबन्धको असर अब देख्न थालिएको छ । यसैबीच रुसको सेन्ट्रल बैंकले आफ्नो ब्याजदरमा व्यापक वृद्धि गरेको छ ।

रुसको सेन्ट्रल बैंकले ब्याजदरलाई ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाइदिएको छ ।

पश्चिमी देशको तर्फबाट लगाइएको आर्थिक प्रतिबन्धका कारण रुसको मुद्रा रुबलको खस्कँदो मूल्य र महँगीमाथि लगाम कस्ने उद्देश्यले यस्तो कदम उठाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार मस्काले कम्पनीलाई आफ्नो विदेशी मुद्रा राजस्वको ८० प्रतिशत बेच्न पनि आदेश दिएको छ ।

सेन्ट्रल बैंकले एक बयानमा भनेको छ, ‘रुसी अर्थव्यवस्थाको बाहिरी परिस्थिति असाध्यै धेरै फेरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment