Comments Add Comment

Advertisment

SKIP THIS

रुपैडिया प्रहरीको अमानवीय व्यबहार २ नेपाली महिलामाथि हातपात जुत्ता फरहार

(महेन्द्र सिंह) बाँके । नेपालगन्जसँग सीमा जोडिएको भारतीय बजार रुपैडियामा नेपाली महिलामाथि भारतीय सुरक्षाकर्मीले हातपात गरेका हुन् ।
टंडन राईस मील स्थित यादव वस्त्रालयमा बसिरहेका दुई नेपाली महिलामाथि भारतीय सुरक्षाकर्मीले हातपात गरेका हुन् । ती महिलाहरूबाट केहि संदिग्ध सामान नभेटे पनि भारतीय प्रहरीले दुबै नेपाली महिलाहरुलाई हातपात एवं जुत्ता समेत प्रहार गरेका थिए ।

पिटिएको दुबै नेपाली महिलाहरु सेन्ट्रल बैंक चौराहमा पुगेर जोर जोरले रुँदै सहयोगको याचना मागेका थिए । कुटिने महिलाहरु नेपालगन्जका भएको खुलेको छ। नेपालगन्ज उपमहानगरपािलका २ का अर्चना केसी र बीना डांगी रहेको बताइएको छ ।

उनीहरु घरासयसी सामान किनमेलका लागि रुपैडिया गएका थिए । भारतीय सुरक्षाकर्मीको कुटाइपछि ति महिलाहरु रुदै घर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै