Comments Add Comment

Advertisment

SKIP THIS

तौल घटाउन शल्यक्रिया गर्दा कन्नड अभिनेत्रीको मृत्यु

०६ जेठ , काठमाडौं । भारतको साउथ इन्डियन फिल्म उद्योग अन्तर्गत पर्ने कन्नडा अभिनेत्री चेतना राजको निधन भएको छ ।

२१ वर्षकी चेतनाको बेंगलुरको एक निजी अस्पतालमा निधन भएको हो । भारतीय मिडियाका अनुसार केही दिन अघि उनले तौल कम गराउन शल्यक्रिया गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भयो ।

भारतीय मिडियाका अनुसार उनले आफ्नो शल्यक्रियाबारे आमा- बुबालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रियापश्चात् नायिकाको शरीरमा केही समस्या हुन थाल्यो र उनको फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्यो । यसैका कारण उनको निधन भयो । नायिकाका आमाबुवाले डाक्टरले लापरवाही गरेको आरोप लगाए र अस्पतालको प्रशासनविरुद्ध उजुरी पनि दर्ता गरे ।

कन्नडा टेलीफिल्ममा काम गर्ने क्रममा कसैले चेतनालाई वजन बढेको र त्यसलाई घटाउनु पर्ने सल्लाह दिएका थिए । उनी आफ्नो बढेको बोसो कम गर्नका लागि शेट्टी अस्पताल पुगेकी उनका ठूलोबुबाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै