०६ जेठ , काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार चालु शैक्षिक सत्रदेखि नयाँ पोशाक तोकिएको छ ।
खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट,कलेजी रङको स्वेटर र कालो जुत्तालाई शिक्षकको पोशाकका रुपमा तोकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
त्यस्तै साडी, ब्लाउज, कुर्ता सुरुवालको रङ भने परिवर्तन गरिएको छैन । यसअघि कालोमा सेतो धर्का भएको कोट र पाइन्ट तथा हल्का नीलो रङको सर्टलाई पोशाकका रुपमा तोकिएको थियो । शिक्षकहरुकै माग अनुसार पोशाक परिवर्तन गरिएको शाखाले जनाएको छ ।


